च्याम्पियन्स लिगको नयाँ फरम्याट पारित हुँदै,समुह चरणको खेलहरुलाई हटाइने

युईएफए च्याम्पियन्स लिगको नयाँ फरम्याट पारित हुने भएको छ । सन् २०२४ बाट लागु हुने च्याम्पियन्स लिगको नयाँ फरम्याटलाई यूइएफएले बुधबार पारित गर्ने बताइएको छ । जसमा पहिलो फेजमा १० खेल खेलाइने तालिका रहेको छ । करिव दुई बर्षदेखि छलफलमा रहेको यो फरम्याटलाई बुधबार यूइएफएको कार्यकारी समितीले पारित गर्ने बताइएको छ ।

नयाँ नियम अनुसार  समुह चरणको खेलहरुलाई हटाइने छ भने छनोट चरणका खेलहरुको संख्या ३२ बाट ३६ पुर्याइने भएको छ । त्यसमा दुई टिमले वाइल्ड कार्ड प्रवेश पाउनेछन । वाइल्डकार्ड प्रक्रियाका लागि पनि विधी बनाइने भएको छ । नयाँ फरम्याट अनुसार एक टिमले १० खेल खेल्नेछन ।

जसमा शिर्ष आठ टिमले नकआउट चरणमा स्थान बनाउनेछन । त्यसपछि नबौं देखि २४ औं स्थानमा रहने टिमले प्लेअफ खेल्नेछन । च्याम्पियन्स लिगको नयाँ फरम्याटले इंग्लिस प्रतियोगिताहरुमा असर गर्ने बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE