च्याम्पियन्स लिग: अन्तिम १६ को पहिलो लेगमा युभेन्ट्स पोर्टोसँग २–१ गोलले पराजित…

च्याम्पियन्स लिग फुटबल अन्तर्गत युभेन्ट्स अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ । बुधबार राति भएको पहिलो लेगमा पोर्टोसँग युभेन्ट्स २–१ गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा पोर्टोलाई जित दिलाउन मेहेदी तारेमी र मौसा मारेगाले एक एक गोल गरे ।

युभेन्ट्सका फेड्रिको कियसाले एक गोल फर्काए । खेलको पहिलो मिनेटमा तारेमीले गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए ।
४६ औं मिनेटमा मौसाले गोल गरेपछि घरेलु टिमले २–० को अग्रता बनायो । ८२ औं मिनेटमा युभेन्ट्सका फेड्रिकोले एक गोल फर्काए पनि पोर्टो २–१ ले विजयी भयो । दुई टोलीबीचको दोस्रो लेग मार्च ९ मा हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE