च्याम्पियन्स लिग: अन्तिम १६ को पहिलो लेगमा आज रियल मड्रिड र एट्लान्टा भिड्दै

च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आजरियल मड्रिडले एट्लान्टासँग राति १:४५ बजे भिड्दै छन् । इटालियन क्लब एट्लान्टाविरुद्ध मैदान उत्रदा रियल जितको खोजीमा हुनेछ । एट्लान्टाविरुद्धको खेल रियलका लागि कठिन हुनेछ ।

प्रशिक्षक जिनेदिज जिदानको प्रशिक्षणमा लगातार तीन उपाधि जितिसकेको रियल अन्तिम १६ को पहिलो लेगको खेलमा जित निकाल्दै क्वार्टरफाइनलको यात्रा सहज बनाउन चाहन्छ। तर रियलले एटलान्टासँग इतिहासमै पहिलोपटक भेट गर्नेछ। त्यसैले यी दुवै क्लबका लागि यो खेल महत्वपूर्ण रहनेछ। एटलान्टाले च्याम्पियन्स लिगमा गत वर्ष स्पेनिस टिम भ्यालेन्सियाविरुद्ध ८–४ गोलअन्तरको जित निकालेको थियो।

च्याम्पियन्स लिगमा सर्वाधिक सफल टिम रियल लगातार २४ औं सिजन नकआउट चरणमा पुगेको हो । च्याम्पियन्स लिगमा रियल र एट्लान्टा भने पहिलो पटक भिड्न लागेका हुन् । इटालियन क्लबविरुद्ध रियलका करिम बेन्जिमाले खेल्ने छैनन् ।

WRITE COMMENTS FOR THIS ARTICLE