च्याम्पियन्स लिग: अन्तिम १६ को पहिलो लेगमा एटलान्टामाथि रियल मड्रिडको कठिन जित…

च्याम्पियन्स लिग फुटबल अन्तर्गत रियल मड्रिडले एट्लान्टालाई पराजित गर्दै अन्तिम आठको बाटो बनाउन सजिलो बनाएको छ। युईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आफ्नै घरेलु मैदानमा एटलान्टालाई रियल मड्रिडसँग ०–१ गोलले पराजित भएको हो ।

बिहीबार बिहान सम्पन्न खेलमा पहिलो हाफको १७औं मिनेटमै एटलान्टाका मिडफिल्डर रेमो फ्रेउलरले रातो कार्ड पाएपछि खेलको लय नै परिवर्तन भएको थियो । दश खेलाडीमा सीमित एटलान्टाले पहिलो हाफ गोलरहित बराबरीमा खेले पनि दोस्रो हाफको ८५औं मिनेटमा रियलका फरल्याण्ड मेन्डीले गोल गरे । यो गोल नै निर्णायक बन्न पुग्यो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE