च्याम्पियन्स लिग : अन्तिम १६ मा नेयमार र मेस्सीको भेट हुने…

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को खेल तालिका सार्वजनिक भएको छ । सोमबार यूईएफएले युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को तालिका सार्वजनिक गरेको हो । आज सार्वजनिक खेल तालिका अनुसार स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

यो खेलमा बार्सिलोनाका पूर्व खेलाडी नेयमारले मेस्सीको सामना गर्नेछन् । नेयमारले लामो समय पछि बार्सिलोनाविरुद्ध खेल्नेछन् । सार्वजनिक तालिका अनुसार इटालियन क्लब युभेन्ट्ले पोर्टाेसँग खेल्नेछ । त्यस्तै प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले मोन्चेन्वन्चससँग खेल्दा साविकको विजेता वायर्न म्युनिखले एसएस लाजियोसँग खेल्नेछ ।

एथ्लेटिकोले प्रिमियर लिग क्लब चेल्सीसँग खेल्नेछ । लाइपजिगले लिभरपुलसँग प्रतिस्पर्धा गर्दा रियलले एटलान्टाको सामना गर्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE