च्याम्पियन्स लिग: आज आयाक्ससँग प्रतिस्पर्धा गर्दै लिभरपुल…

च्याम्पियन्स लिग फुटबलअन्तर्गत आज राति प्रिमियर लिग क्लब लिभरपुलले नेदरल्यान्डको क्लब आयाक्ससँग प्रतिस्पर्धा गर्दै छ । आयाक्सको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल राती १२:४५ मा सुरु हुनेछ । आजको खेलमा दुई टोली जित निकाल्ने योजनामा छन् । प्रिमियर लिगमा पछिल्लो समय दुई खेलमा कमजोर प्रदर्शन गरेको लिभरपुललाई आजको खेलमा जित निकाल्नुपर्ने आवश्यक छ ।

आयाक्स आजको खेलमा लिभरपुललाई हराउँदै लिगमा राम्रो सुरुवात गर्ने योजनामा छ । घरेलु मैदानमा हुने खेल भएकाले आयाक्सलाई आजको खेलमा सहज हुनेछ ।

यता ६ पटकको विजेता टोली यो सिजन जितबाट लिगको सुरुवात गर्ने योजनामा छ । पछिल्लो समय कमजोर भएको लिभरपुललाई आयाक्ससामु जित निकाल्न सहज भने हुने छैन । लिभरपुल सन् २०१९ को च्याम्पियन्स लिग विजेता टोली हो । उसले फाइनल खेलमा टोटेनहमलाई हराउँदै लिगको उपाधि जित्न सफल भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE