च्याम्पियन्स लिग: आज ओलम्पिकोसँग प्रतिस्पर्धा गर्दै म्यानचेस्टर सिटी…

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलअन्तर्गत आज ओलम्पिकोसँग प्रतिस्पर्धा गर्दै छ । सिटीको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १:४५ मा सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा हुनेछन् । सिटी आजको खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा आफूलाई बलियो बनाउने योजनामा छ ।

लिगमा दुई खेल खेलेको सिटी ६ अंक साथ तालिकाको शीर्ष स्थानमा छ । आजको खेलमा जित निकाल्न सके सिटी अघिल्लो चरण प्रवेशका लागि आफूलाई बलियो बनाउने योजनामा छ । ओलम्पिको पनि सिटीलाई उसकै घरेलु मैदानमा चुनौती दिने योजनमा छ । ओलम्पिको लिगमा दुई खेल खेल्दै ३ अंक जोडेर तालिकाका तेस्रो स्थानमा छ । आजको खेलमा जित निकाल्न सके ओलम्पिकोले ६ अंक जोड्दै अंक तालिकामा आफूलाई बलियो बनाउनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE