च्याम्पियन्स लिग: आज दुई स्टार मेस्सी र रोनाल्डो एकसाथ मैदानमा देख्न नपाइने…

च्याम्पियन्स लिग फुटबलमा बुधबार बार्सिलोना र युभेन्टस आमनेसामने हुँदैछन् । यो खेललाई लिओनल मेस्सी भर्सेस क्रिष्टियानो रोनाल्डोको खेलका रुपमा समेत हेरिएको थियो । किनकि रोनाल्डो रियल मड्रिड छाडेर युभेन्टसतिर लागेपछि दुई स्टार फुटबलर आमने सामने भएका थिएनन् । तर बुधबार आलियान्ज स्टेडियममा हुने खेलमा दुई स्टारलाई एकसाथ मैदानमा देख्न नपाइने भएको छ ।

रोनाल्डोको कोरोना परीक्षण पुनः पोजेटिभ आएको र उनी बार्सिलोनाविरुद्ध नखेल्ने गोल डटकमले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE