च्याम्पियन्स लिग: आज समूह चरणका आठ खेलहरु हुँदै…

युइएफए च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति आठ खेल हुँदै छन्। समूह चरण तेस्रो चरणका खेलहरुले टिम अघि बढ्ने बाटो प्रस्ट्याउने हुँदा खेल विशेष महत्वका छन्। बायर्न म्युनिक, म्यानचेस्टर सिटी, लिभरपुल  जस्ता टिम यसअघि नै राम्रो स्थितिमा देखिन्छन् भने रियल मड्रिड, इन्टर मिलान, आयाक्स जस्ता टिम कठिन अवस्थामा छन्।

मंगलबार राति ११ः४० मा दुई खेल हुँदैछन्, जसमा शख्तर डोनेस्क र मोन्चेनग्लादबाख साथै लोकोमोटिभ मस्को र एथ्लेटिको मड्रिड खेल्दैछन्। राति १ः४५ मा छ खेल हुँदैछन्। जहाँ साल्जबर्ग र बायर्न म्युनिक, रियल मड्रिड र इन्टर मिलान, म्यानचेस्टर सिटी र ओलम्पियाकोस, पोर्टो र मार्सेली, एटलान्टा र लिभरपुल साथै मिड्जेल्यान्ड र आयाक्स खेल्दैछन्।

WRITE COMMENTS FOR THIS ARTICLE