च्याम्पियन्स लिग: आज साल्जवर्गसँग प्रतिस्पर्धा गर्दै साबिकको विजेता वायर्न म्युनिख…

च्याम्पियन्स लिग फुटबलअन्तर्गत आज साबिकको विजेता जर्मन क्लब वायर्न म्युनिखले आरबी साल्जवर्गसँग प्रतिस्पर्धा गर्दै छ । साल्जवर्गको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १:४५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै वायर्न समूह ‘ए’अन्तर्गत आफूलाई बलियो बनाउने योजनामा हुनेछ । लिगमा दुई खेल खेलेको वायर्नले स्पष्ट दुई जित निकालेको छ । वायर्न ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

यता साल्जवर्ग पहिलो जितको खोजीमा हुनेछ । साल्जवर्गले पहिलो खेल बराबरी खेलेको थियो भने दोस्रो खेलमा पराजित भएको थियो । आजको खेलमा साल्जवर्ग पहिलो जितको खोजीमा हुनेछ । ।

WRITE COMMENTS FOR THIS ARTICLE