च्याम्पियन्स लिग: इन्टर मिलानमाथि रियल मड्रिडको संघर्षपूर्ण जित…

च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा स्पेनिस महारथी रियल मड्रिडले इटालियन क्लब इन्टर मिलानमाथि संघर्षपूर्ण जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको समूह ‘बी’ को खेलमा घरेलु टोलीले इन्टरमाथि ३-२ को संघर्षपूर्ण जित निकालेको हो।

रोमाञ्चक खेलमा रियलले खेलको २५ औं मिनेटमा करिम बेञ्जेमाको गोलमा खेलमा अग्रता बनाएको थियो। त्यस्तै ३३ औं मिनेटमा सर्जियो रामोसले गोल गर्दै अग्रता दोब्बर बनाए। उता इन्टरका लागि लौटरो मार्टिनेजले ३५ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा रियल २-१ ले अघि रह्यो।

दोस्रो हाफमा इन्टरले खेल बराबरीमा ल्यायो। खेलको ६८ औं मिनेटमा मार्टिनेजको पासमा इभान पेरिसिकले गोल गर्दै खेल बराबरीमा ल्याए। थप प्रतिस्पर्धात्मक बन्दै गएको खेलमा ८० औं मिनेटमा रोड्रिगोले लागि गोल थपे। जुन रियलको जितका लागि निर्णायक बन्न पुग्यो।

 

WRITE COMMENTS FOR THIS ARTICLE