च्याम्पियन्स लिग: इन्टर मिलानसँग भिड्दै रियल मड्रिड…

स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलअन्तर्गत आज तेस्रो खेल खेल्दै छ । च्याम्पियन्स लिग फुटबलको सर्वाधिक च्याम्पियन रियलले इटालियन क्लब इन्टर मिलानसँग खेल्न लागेको हो । रियलको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १:४५ मा सुरु हुनेछ । आजको खेलमा रियल पहिलो जितको खोजीमा हुनेछ । आजको खेलमा जित निकाल्न सके रियल तालिकामा आफूलाई बलियो बनाउनेछ ।

लिगमा दुई खेल खेलेको रियल एक अंकका साथ तालिकाको पुछारमा छ । आजको खेलमा पनि पराजित भए रियललाई अघिल्लो चरण प्रवेशका लागि असहज हुनेछ । यो सिजन रियलले च्याम्पियन्स लिगका दुवै खेलमा कमजोर प्रदर्शन गरेको छ ।

यता मिलान पनि आजको खेलमा जित निकाल्दै आफूलाई तालिकाको शीर्ष स्थानमा उकास्‍ने योजनमा छ । लिगमा दुई खेल खेलेको इन्टर दुई अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । आजको खेलमा जित निकाल्न सके इन्टर तालिकाको शीर्ष स्थानमा रहनेछ ।

इन्टरले यसअघि दुबै खेल बराबरी खेलेको थियो भने मड्रिडले एक खेल हारेर एक खेल बराबरी गरेको थियो। यसैले मड्रिड प्रशिक्षक जिनेदिने जिदान र इन्टर मिलान प्रशिक्षक एन्टोनियो कोन्टेका लागि मंगलबारको खेल कठीन छ। रियल मड्रिडमा लामो समय चोटका कारण बाहिर रहेका इडन हाजार्ड टिममा फर्किएका छन् भने इन्टर मिलानमा लुकाकु र सान्चेज जस्ता खेलाडी चोटका कारण बाहिर छन्।

 

WRITE COMMENTS FOR THIS ARTICLE