च्याम्पियन्स लिग: आज इस्तानबुलसँग प्रतिस्पर्धा गर्दै म्यानचेस्टर युनाइटेड…

च्याम्पियन्स लिग फुटबलअन्तर्गत  प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आज समूह चरणको तेस्रो खेल खेल्दै छ । यसअघिको दुई खेलमा जित निकालेको युनाइटेडले इस्तानबुल बसाकेसेहिरसँग प्रतिस्पर्धा गर्न लागको हो । इस्तानबुलको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ११:४० मा सुरु हुनेछ । आजको खेलमा युनाइटेड लगातार तेस्रो जितको खोजीमा हुनेछ ।

यसअघिका दुई खेलमा युनाइटेडले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब आरबी लाइपजिगविरुद्ध जित निकालेको थियो । युनाइटेड आजको खेलमा जित निकाल्दै शीर्ष स्थानमा आफूलाई बलियो बनाउने योजनामा छ । लिगमा दुई खेल खेलेको युनाइटेड ६ अंकसाथ शीर्ष स्थानमा छ । यता इस्तानबुल आजको खेलमा पहिलो जित निकाल्ने योजनामा हुनेछ । स्तानबुलले हालसम्म लिगमा जित निकाल्न सकेको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE