च्याम्पियन्स लिग: एथ्लेटिको मड्रिडलाई पराजित गर्दै चेल्सी क्वाटरफाइनलमा

च्याम्पियन्स लिग फुटबल अन्तर्गत चेल्सी एथ्लेटिको मड्रिडलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा एथ्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गर्दै समग्रमा ३–० गोल अन्तरको जितसहित अन्तिम आठमा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा हाकिम जियच र इमर्सन पालमिरीले गोल गरे। खेलको ३४ औं मिनेटमा जियचले गोल गर्दै चेल्सीलाई १–० गोलको अग्रता दिलाए। खेलको ८१ औं मिनेटमा एथ्लेटिको मड्रिड १० खेलाडीमा सीमित बन्यो। स्टेफन साभिकले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एथ्लेटिको मड्रिड झनै दबाबमा आएको थियो।

खेलको अतिरिक्त समयमा इमर्सन पालमिरीले गोल गर्दै चेल्सीलाई २–० गोलको जित दिलाए। थोमस टुचेलले चेल्सी सम्हालेपछि टिमले अपराजित यात्रालाई १३ खेलसम्म पुर्याएका छन् । इङ्गलिश प्रिमियर लिगमा पनि चेल्सी शीर्षभित्र रहने स्थिति बलियो बनेको छ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE