च्याम्पियन्स लिग: घरेलु मैदानमा पिएसजीसँग ३–२ गोलले पराजित साविक विजेता बायर्न म्युनिख

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च पिएसजीले जित निकालेको छ । यएराति भएको खेलमा पिएसजीले साविक विजेता बायर्न म्युनिखलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

बायर्नको घरेलु मैदानमा भएको खेलमा पिएसजीका लागि केलियन एमबाप्पेले दुई तथा मार्क्वीन्होसले एक गोल गरे ।  एमबाप्पेले तेस्रो मिनेटमा नै गोल गरेर पिएसजीलाई सुरुवाति अग्रता दिलाए । २८ औँ मिनेटमा मार्क्वीन्होसले अग्रता दोब्बर पारे । खेलको ३७ औं मिनेटमा मोटिङले गोल गर्दै बायर्नलाई २–१ को स्थितिमा ल्याए । ६० औं मिनेटमा मुलरले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो ।  खेलको ६८ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–२ को जित दिलाए ।

WRITE COMMENTS FOR THIS ARTICLE