च्याम्पियन्स लिग: चेल्सी र सेभिया भड्दै…

यूएफए च्याम्पियन्स लिगमा प्रिमियर लिग फुटबल क्लब चेल्सीले स्पेनिस ला लिगा क्लब सेभियाको सामना गर्दै छ । खेल नेपाली समयअनुसार मंगलबार राति १२:३० मा सुरु हुनेछ । समूह ईमा रहेका दुवै टोली सिजनको पहिलो खेल खेल्दै छन् । चेल्सीको घरेलु मैदानमा हुने खेलमा दुवै टोली पहिलो जित निकाल्दै लिगमा सुखद सुरुवात गर्न चाहन्छन् ।

गत सिजनको प्रिमियर लिगमा चेल्सीले चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगमा स्थान बनाएको थियो । यता सेभियाले पनि स्पेनिस ला लिगाको चौथो स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो । तर, सेभिया गत सिजनको युरोपा लिगको विजेता टोलीसमेत हो ।

त्यसैले पनि दुवै टोलीको खेललाई रोमाञ्‍चक हुने अनुमान गरिएको छ । यस सिजन नयाँ खेलाडी अनुबन्ध गरेको चेल्सीलाई च्याम्पियन्सको राम्रो प्रदर्शन गर्न सक्ने टोलीका रुपमा हेरिएको छ । तर, प्रिमियर लिगमा भने यस सिजनमा सुरुवाती पाँच खेल खेल्दा चेल्सीले दुई खेलमा जित र दुई खेल बराबरी खेलेको छ ।

चेल्सीले आफ्नो टोलीको गत सिजन उत्कृष्ट प्रदर्शन गरेका टिमो वेर्नर र काई हाभेट्र्जजस्ता खेलाडी अनुबन्ध गरेको छ । यस्तै ला लिगामा पछिल्ला चार खेल खेलेको सेभियाले पनि दुई खेलमा जित र एक खेल बराबरी खेलेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE