च्याम्पियन्स लिग: डाईनामोमाथि बार्सिलोनाको २–१ को कठिन जित…

च्याम्पियन्स लिग फुटबलअन्तर्गत बार्सिलोनाले लगातार तेस्रो जित दर्ता गरेको छ। गएराति भएको खेलमा बार्साले डाईनामो किएभमाथि २–१ को जित निकालेको हो। खेलको चौथो मिनेटमा नै कप्तान लिओनेल मेस्सीको पेनाल्टी गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो।

पहिलो हाफमा १-० ले अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा १ गोल थप्यो। खेलको ६५ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै २–० को अग्रता बनाए। खेलको ७५ औं मिनेटमा डाईनामोकिएभले सान्त्वना गोल फर्काए। शतप्रतिशत नतिजा निकालेको बार्सिलोनाले ३ खेलबाट ९ अंक बनाएको छ। दोस्रो स्थानको युभेन्टसको ६ अंक छ। डाईनामो किएभ र फेरेन्कभारोसको समान १ अंक छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE