च्याम्पियन्स लिग: पि.एस.जी.सँग समग्रमा ५–२ को हारसहित लिगबाट बाहिरियो बार्सिलोना

च्याम्पियन्स लिग फुटबलअ्तर्गत अन्तिम १६ को दोस्रो लेग मा पिएसजीसँग १–१ को बराबरी खेले पनि समग्रमा ५–२ को हारसहित स्पेनिस क्लब बार्सिलोना बाहिरिएको छ । बार्सिलोनाको घरेलु मैदानमा भएको पहिलो लेगमा बार्सिलोना ४–१ ले पराजित भएको थियो ।

बुधबार राति भएको खेलमा पिएसजीका लागि ३०औँ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोलबाट अग्रता लिएका थिए । ३७औँ मिनेटमा लियोनल मेस्सीले बराबरी गोल गरे । बार्सिलोना पछिल्लो १४ वर्षमा पहिलो पटक क्वाटर फाइनलमा पुग्न नसकेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE