च्याम्पियन्स लिग: पोर्टोसँग खेल्दै म्यानचेस्टर सिटी…

यूईएफए च्याम्पियन्स लिग फुटबलमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले पोर्चुगल शीर्ष डिभिजनको क्लब पोर्टोसँग खेल्दै छ । खेल सिटीले आफ्नो घरेलु मैदानमा नेपाली समयअनुसार आज (बुधबार) राति १२:४५ बजे पोर्टोसँग खेल्नेछ ।

समूह सीमा रहेको सिटी आफ्नो घरेलु मैदान सिटी आफ म्यानचेस्टर स्टेडियममा हुने खेल जित्दै नयाँ सिजनको च्याम्पियन्स लिगमा सुखद सुरुवात गर्न चाहन्छ । पोर्टो पनि सोही लक्ष्यसहित म्यानचेस्टरको यात्रा गर्नेछ ।

सिटीले आफूले खेलेका पछिल्ला पाँच खेलमध्येमा तीन खेलमा जित निकालेको छ । त्यस्तै एक खेलमा हार बेहोर्दा एक खेल भने बराबरी खेलेको छ । पोर्टोले पनि पछिल्ला पाँच खेलमा तीन खेल जित्दा एक खेल बराबरी र एक खेलमा हार बेहोरेको छ । यसै कारण लयमा देखिएका दुवै टोलीको खेल रोमाञ्‍चक हुने अनुमान गरिएको छ ।

सिटीले पोर्टोसँग पछिल्लोपटक २०१२ को युरोपा लिग फाइन स्टेजमा भेट गरेका थिए । जहाँ दुवै लेगमा सिटीले पोर्टोलाई पराजित गरेको थियो । पहिलो लेगमा पोर्टो सिटीसँग २-१ गोलले पराजित हुँदा दोस्रो लेगमा भने ४-० को फराकिलो अन्तरले पराजित भएको थियो । यस्तै समूह सीकै अर्को खेलमा ओलम्पियाकोस र मार्सेले भिड्दै छन् । यी दुइै टोलीबीचको खेल पनि राति १२:४५ बजे ओलम्पियाकोसको घरेलु मैदानमा हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE