च्याम्पियन्स लिग: फेरेंकभारोसमाथि बार्सिलोनाको फराकिलो जित…

बार्सिलोनाले फेरेंकभारोसलाई पराजित गर्दै च्याम्पियन्स लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा बार्सा ५–१ को फराकिलो अन्तरले विजयी भएको हो ।

मेस्सीले खेलमा २७ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए ।  पहिलो हाफ सकिन लाग्दा अन्सु फातीले बार्साको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा फिलिपे काउटिन्होले बार्साको तेस्रो गोल थपे । तर, खेलको ६८ औँ मिनेटमा जेरार्ड पिके रातो कार्ड खाँदै बाहिरिए भने इहोर खाकातिनले पेनाल्टीमार्फत गोल गर्दै बार्साको अग्रता कम गर्ने प्रयास गरे । लगत्तै, १७ वर्षीय पेड्री र ओसमान डेम्बेलेले गोल थप्दै बार्साको सहज जीत सुनिश्चित गरे ।

 

WRITE COMMENTS FOR THIS ARTICLE