फेरेनकभारोससँग भिड्दै युभेन्टस् ,दुई खेल गुमाएका स्टार फुटबलर रोनाल्डो उपस्थित हुने…

च्याम्पियन्स लिग फुटबलअन्तर्गत आज इटालियन क्लब युभेन्टस्ले राति समूह चरणको तेस्रो खेल खेल्दै छ । इटालियन च्याम्पियनले हंगेरियन क्लब फेरेनकभारोससँग प्रतिस्पर्धा गर्न लागेको हो । फेरेनकभारोसको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा जित निकालेको युभेन्टस् दोस्रो खेलमा बार्सिलोनासँग पराजित भएको थियो । त्यसैले युभेन्टस् आजको खेलमा जित निकाल्दै आफूलाई समूह चरणमा बलियो बनाउने योजनामा छ ।
युभेन्टस्का स्टार खेलाडी रोनाल्डो आजको खेलमा उपस्थित हुनेछन् । कोरोना भाइरस संक्रमणका कारण उनी बार्सिलोनाविरुद्धको खेलमा खेलेका थिएनन् । यता फेरेनकभारोस पनि आजको खेलमा जित निकाल्ने योजनामा छ । लिगको यसअघिका दुई खेलमध्ये एक खेलमा बराबरी खेलेको र एकमा पराजित भएको फेरेनकभारोस आजको खेलमा जित निकाल्ने योजनामा छ ।
WRITE COMMENTS FOR THIS ARTICLE