च्याम्पियन्स लिग: बराबरीमा रोकियो एट्लेटिको मड्रिड…

च्याम्पियन्स लिग फुटबलअन्तर्गत स्पेनिस क्लब एट्लेटिको मड्रिडले आफ्नो तेस्रो खेलमा बराबरी खेलेको छ । मंगलबार राति भएको खेलमा एट्लेटिकोले लोकोमोटिभ मोस्कोसँग १-१ गोलको बराबरी खेलेको हो । मोस्कोको घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले बराबरी खेल्दै एक-एक अंक बाँडेको हो । समूह ए अन्तर्गतको खेलमा एट्लेटिकोले लिएको अग्रता जोगाउन नसक्दा बराबरी खेल्न पुगेको हो ।

पहिलो हाफको १८औं मिनेटमा एट्लेटिकोका लागि जोसे जिमेन्जाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । २५औं मिनेटमा मोस्कोका लागि एन्टोन मिरान्चुकले गोल गर्दै टिमलाई बराबरी दिलाए । बाबरीसँगै एट्लेटिकोले तीन खेलबाट ४ अंक जोडेको छ । एट्लेटिको तालिकाको दोस्रो स्थानमा छ । पराजित मोस्को दुई अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE