च्याम्पियन्स लिग: बायर्न म्युनिखद्वारा साल्जवर्ग ६-२ गोल अन्तरले पराजित…

युइएफए च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिखले साल्जवर्गलाई ६-२ गोल अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बायर्नले साल्जवर्गलाई आधा दर्जन गोल हानेर जितेको हो । बायर्नका लागि रोबेर्ट लेवानडोस्कीले २ गोल गरे भने लिरोय साने, जेरोमे बोटयांग र लुकास हर्नान्डेजले एक एक गोल गरेका थिए । त्यस्तै स्लजबर्गका रासमस क्रिस्टेनसेनले एक गोल आत्मघाती गरेका थिए ।
त्यस्तै साल्जवर्गले दुई गोल फर्काएको थियो । जसमा मेर्गिम मेरिशा र मासया ओकुगावाले एक एक गोल गरेका थिए । यो जितपछि समुह ए मा बायर्नले अहिलेसम्म खेलेका तिनै खेलमा जित निकाल्दै ९ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै साल्जवर्गको भने ३ खेलमा एक अंक मात्र रहेको छ । यसै समुह गएरति एटलेटिको म्याड्रिड र लोकोमोटिभ मोक्स १-१ गोलको बराबरीमा रोकिएका छन् । यो बराबरीपछि एटलेटिको ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा र लोकोमोटिभ ३ खेलमा २ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE