च्याम्पियन्स लिग: म्यानचेस्टर युनाइटेडसँग पीएसजी पराजित…

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग पेरिस सेन्ट जर्मन (पीएसजी) पराजित भएको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजी घरेलु मैदानमा युनाइटेडसँग २–१ गोलले पराजित भएको हो ।

युनाइटेडको जितका लागि ब्रुनो फेर्नान्डेज र माक्र्युस रासफोर्डले एक एक गोल गरेका थिए । पीएसजीले भने एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको २३ औं मिनेटमा पाएको पेनाल्टी अवसरमा ब्रुनोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पीएसजीका डिफेन्डर डियालोले पेनाल्टी क्षेत्रभित्र मार्सियललाई ट्याकल गरेपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो । उक्त अवसरलाई ब्रुनोले गोलमा परिणत गर्ने प्रयास गरेका थिए । तर, उनको पेनाल्टी प्रहार पीएसजीका गोलरक्षक नाभासले बचाएका थिए ।

नाभासले पेनाल्टी बचाउने क्रममा खुट्टा गोललाइनभन्दा अगाडि भएकाले रेफ्रीले भीआरको सहायतमा युनाइटेडलाई पुनः पेनाल्टी अवसर दिएका थिए । जसमा ब्रुनो चेकेनन् र पहिलो हाफमा युनाइटेडलाई १–० को अग्रता दिलाए ।

खेलको ५५ औं मिनेटमा खेल बराबरीमा आयो । युनाइटेडका एन्थोनी मार्सियलले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा आएको थियो । तर, ८७ औं मिनेटमा रासर्फोडले गोल गर्दै पाहुना टोली युनाइटेडलाई जित दिलाए । उनले पउल पोग्वाको पासमा गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाएका हुन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE