च्याम्पियन्स लिग: यस्तो छ अन्तिम आठको ‘ड्र’

च्याम्पियन्स लिग फुटबलले शुक्रबार सार्वजनिक गरेको क्वाटरफाइनल ‘ड्र’ अनुसार रियल मड्रिड र लिभरपुलले क्वाटरफाइनलमा भिड्ने भएका छन् । दुई टोलीबीचको पहिले लेग रियलको घरेलु मैदानमा अप्रिल ६ मा हुनेछ । त्यस्तै दोस्रो लेग लिभरपुलको घरेलु मैदानमा अप्रिल १३ मा हुनेछ । ‘ड्र’ अनुसार क्वाटरफाइनलमा साविक विजेता वायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा गर्नेछन् । दुई टोलीबीचको पहिलो लेग अप्रिल ६ मा वायर्ननको घरेलु मैदानमा हुनेछ । त्यस्तै पीएसजीको मैदानमा हुने दोस्रो लेग अप्रिल १३ तारिखमा हुनेछ ।

त्यस्तै म्यान्चेस्टर सिटीले बोरुसिया डर्टमण्डसँग खेल्नेछ । दुई टोलीबीचको पहिलो लेग अप्रिल ६ तारिखमा सिटीको घरेलु मैदानमा हुनेछ । सिटीको मैदानमा हुने दोस्रो लेग अप्रिल १३ तारिखमा हुनेछ । त्यस्तैपोर्टोले चेल्सीसँग खेल्ने भएको छ । पोर्टोको घरेलु मैदानमा हुने दुई टोलीबीचको पहिलो लेग अप्रिल ६ तारिखमा हुनेछ । दोस्रो लेग अप्रिल १३ तारिखमा चेल्सीको घरेलु मैदानमा हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE