च्याम्पियन्स लिग: रेनेशमाथि चेल्सीको ३–० गोलको फराकिलो जीत…

दश खेलाडीमा सिमित रेनेशरेनेसमाथि सहज जीत हासिल गर्दै चेल्सीले च्याम्पियन्स लिगमा अपराजित यात्रालाई कायम राखेको छ । आफ्नो घरेलु मैदानमा चेल्सी ३–० गोलले विजयी भएको हो । सिजनको पहिलो खेलमा सेभियासँग बराबरी खेलेको चेल्सीले त्यसपछि क्रासनोडारलाई भने पराजित गरेको थियो ।

टिमो वेर्नरले खेलको १० औँ मिनेटमा पेनाल्टीबाट चेल्सीलाई अग्रता दिलाए । डाल्बर्टले फल हानेपछि चेल्सीले पेनाल्टी पाएको थियो । त्यसपछि सोही डिफेन्डरले ह्यान्डबल गरेपछि चेल्सीले दोस्रो पेनाल्टी पायो भने रेनेश दश खेलाडीमा सिमित बन्यो । उक्त पेनाल्टीलाई पनि वेर्नरले सजिलै गोलमा परिणत गरे ।

दोस्रो हाफमा ट्यामी एब्राहमले अर्को गोल थप्दै चेल्सीको जीत सुनिश्चित गरे । समूहको अर्को खेलमा सेभियाले क्रासनोडारलाई ३–२ गोलअन्तरले पराजित गर्यो । चेल्सी र सेभियाको समान ७ अंक रहे पनि गोलअन्तरको आधारमा चेल्सी शीर्ष स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE