च्याम्पियन्स लिग: लाइपजिगसँग पीएसजी २-१ गोल अन्तरले पराजित…

च्याम्पियन्स लिग फुटबलअन्तर्गत जर्मन क्लब आरबी लाइपजिगले पुनरागमन जित निकालेको छ । बुधबार भएको खेलमा लाइपजिगले ९ खेलाडीमा सीमित फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा लाइपजिगलाई जित दिलाउन नाकन्कु र इमिल फोर्बिगरले एक-एक गोल गरे । उता पीएसजीका लागि एन्जल डी मारियाले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा डी मारियाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा नाकन्कुले लाइपजिगको अग्रता दोब्बर पारे । खेलको ५७औं मिनेटमा इमिलले पेनाल्टीमार्फत गोल गर्दै लाइपजिगलाई २-० गोलको जित दिलाए । जितसँगै समूह ‘एच’को लाइपजिगले तीन खेलबाट ६ अंक जोडेको छ । पराजित पीएसजीको ३ अंक छ ।

WRITE COMMENTS FOR THIS ARTICLE