च्याम्पियन्स लिग: लाइपजिगसँग खेल्दै म्यानचेस्टर युनाइटेड…

च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज राति प्रिमियर लिग म्यानचेस्टर युनाइटेडले आरबी लाइपजिगसँग समूह चरणको दोस्रो खेल खेल्दै छ । युनाइटेडको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १:४५ मा सुरु हुनेछ । पहिलो खेलमा जित निकालेका दुवै टोली आजको खेलमा पनि जित निकाल्दै आफूलाई समूह चरणमा बलियो बनाउने योजनामा रहनेछन् । जर्मन क्लब लाइपजिगले पहिलो खेलमा स्तानबुललाई पराजित गरेको थियो ।

पहिलो खेलमा सहज जित निकालेको लाइपजिग आजको खेलमा पनि सहज जित निकाल्ने योजना हुनेछ । पछिल्लो समय जर्मन लिग पनि उत्कृष्ट प्रदर्शन गरिरहेको क्लबका लागि आजको खेल महत्त्वपूर्ण रहनेछ । यता प्रिमियर लिगमा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको युनाइटेड पनि आजको खेलमा जित निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योजनामा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE