च्याम्पियन्स लिग: लाजियोलाई पराजित गर्दै साविक विजेता बायर्न म्युनिख क्वाटरफाइनलमा

साविक विजेता बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति लाजियोलाई २–१ पराजित गर्दै समग्रमा ६–२ को जित निकाल्दै बायर्नले अन्तिम आठमा प्रवेश गरेको हो । पहिलो लेगमा बायर्न ४–१ ले विजयी भएको थियो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्की र इरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दा लाजियोका मार्को पारोलोले एक गोल फर्काए ।

बायर्नको घरेलु मैदानमा भएको खेलमो३३औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । ७३औं मिनेटमा  मोटिङले बायर्नको अग्रता दोब्बर पारे । ८२औं मिनेटमा मार्को पारोलोले गोल गर्दै खेललाई २–१ मा लेराएपनि थप गोल गर्न नसक्दा बायर्न विजयी भयो ।

WRITE COMMENTS FOR THIS ARTICLE