च्याम्पियन्स लिग समूह चरणमा पहिलोपटक मेस्सी र रोनाल्डो आमने-सामने हुने…

च्याम्पियन्स लिग फुटबलको ड्र सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको च्याम्पियन्स लिगको नयाँ सिजन २०२०-२१ को ड्र अनुसार बार्सिलोनाका कप्तान लियोनल मेस्सी र युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो समूह चरणमै आमने-सामने हुने भएका छन् ।

यूईएफएले सार्वजनिक गरेको ड्रअनुसार समूह जीमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्सको भेट हुन लागेको हो । रोनाल्डो सन् २००९ मा प्रिमियर लिग क्लब रियल मड्रिड आएका थिए ।

रियल आइसकेपछि एउटै लिग खेल्ने टिमहरु एउटै समूहमा नहुने भएकाले रोनाल्डो र मेस्सीको समूह चरणमा भेट भएनन् । त्यस्तै रोनाल्डो सन् २०१८ मा रियलबाट युभेन्ट्स गएका थिए । उक्त समय पनि समूह चरणमा दुई खेलडीको भेट हुन सकेन । मेस्सी भने सन् २००४ देखि बार्सिलोनाको सिनियर टोलीबाट खेल्दै आएका छन् । यो सिजन भने रोनाल्डो र मेस्सीको भेट समूह चरणमै हुने भएको छ । त्यसैले समूह चरणको समूह जीअन्तर्गतका खेलहरु रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE