च्याम्पियन्स लिग: आज साबिकको विजेता बायर्न र एट्लेटिको मड्रिड भिड्दै…

च्याम्पियन्स लिग फुटबलअन्तर्गत आज साबिकको विजेता बायर्न म्युनिखले स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग नयाँ सिजनको पहिलो खेल खेल्दै छ । बायर्नको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राती १२:३० मा सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने योजनामा छन् ।

साबिकको विजेता बायर्न आजको खेलमा जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने योजनामा छ । गत सिजन बायर्नका लागि सुखद थियो । समूह चरणदेखि नै बायर्नले राम्रो प्रदर्शन गरेको थियो ।

गत सिजन बायर्नले फाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) लाई हराएको थियो । यो सिजन पनि राम्रो सुरुवात गर्ने योजनामा छ । यता एट्लेटिको पनि आजको खेलमा जित निकाल्दै राम्रो सुरुवात गर्ने योजनामा छ । तर, बलियो बायर्नसित जित निकाल्न भने सजिलो छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE