च्याम्पियन्स लिग: सेभिया डर्टमन्डसँग घरेलु मैदानमा पराजित,हलान्डको दुई गोल…

च्याम्पियन्स लिग फुटबल अन्तर्गत  अन्तिम १६ को पहिलो लेगमा सेभिया घरेलु मैदानमा पराजित भएको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा सेभिया जर्मनीको बोरुसिया डर्टमन्डसँग घरेलु मैदानमा ३-२ गोलअन्तरले पराजित भएको छ । रोमन सान्चेस रंगशालामा सातौँ मिनेटमै घरेल् टोलीका लागि सुसोले गोल गर्दै टिमका लागि अग्रता बनाएका थिए । त्यसपछि लगातार ३ गोल खाएपछि पहिलो हाफमै डर्टमन्डले ३-१ को अग्रता बनाएको थियो ।

डर्टमन्टका लागि इर्लिङ हलान्डको प्रदर्शन शानदार रह्यो । युवा स्ट्राइकरले डर्टमन्टका लागि २७ र ४३औँ मिनेटमा गोल गरे भने त्यसअघि १९ औँ मिनेटमा महमुद दाउदको गोलका लागि पास उपलब्ध गराए । खेलको अन्त्यतिर सेभियाका लुक डी जोङले अर्को एक गोल फर्काएर गोलअन्तर कम गरेका थिए । अब दोस्रो लेग डर्टमन्टको मैदानमा मार्च १० मा हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE