च्याम्यियन्स लिग: आज अन्तिम–१६ को पहलो लेगमा दुई खेलहरु हुँदै…

युईएफए च्याम्यियन्स लिग फुटबल अन्तर्गतको नकआउट चरण आजबाट सुरु हुँदै छ।  आज राति हुने अन्तिम–१६ को पहलिो लेगमा दुई खेलमा गत सिजनको फाइनलिस्ट फ्रेन्च क्लब पिएसजी र स्पेनिस क्लब बार्सिलोना तथा इंग्लिस क्लब लिभरपुल र जर्मन क्लब आरबी लेइपजिग भिड्ने छन् । पिएसीले क्याम्प नाउको भ्रमण गर्ने छ भने योर्गेन क्लोपको टिम लिरपुलले लेइपजिगको भ्रमण गर्ने छ । टिमदुवै खेल मंगलबा राति १ः४५ बजे सुरु हुने छ।

यसैगरी च्याम्पियन्स लिगकै अन्य खेलमा बिहीबार राति पनि दुई खेल हुने छ । बिहीबार राति सेभिया र बोरुसिया डर्टमन्ड भिड्ने छन् भने अर्को खेलमा युभेन्ट्सले पोर्टोको भ्रमण गर्ने छ। अन्य ४ खेल फेब्रुअरी २४ र २५ मा हुनेछ । फेब्रुअरी २४मा एट्लेटिको मड्रिड र चेल्सी तथा लाजियो र डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख भिड्ने छन्। यस्तै फेब्रुअरी २५मा एट्लान्टा र रियल मड्रिड तथा मोन्चेनग्लाबाच र म्यान्चेस्टर सिटी भिड्ने छन्।

 

WRITE COMMENTS FOR THIS ARTICLE