च्यासलले संकटा क्लबलाई २–० गोलले हरायो

काठमाडौं । जापानमा बस्दै आएका कप्तान सन्तोष साहुखलको सानदार प्रदर्शनसँगै च्यासल युवा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा सोमबार भएको खेलमा च्यासलले संकटा क्लबलाई २–० गोलले हरायो । च्यासलले दुवै हाफमा एक–एक गोल गरेको थियो ।
४२ औं मिनेटमा पहिलो गोल गरेका सन्तोषले ८५ औं मिनेटमा गोल गर्दै च्यासलको जित पक्का बनाए । साविक उपविजेता संकटाले केही अवसर बनाएपनि सफल हुन सकेन । जितसँगै च्यासलले तीन अंक बनाएको छ । टोलीको जितमा महत्वपूर्ण दुई गोल गरेका सन्तोस म्यान अफ दी म्याच भए ।

सहिद स्मारक ए डिभिजन लिग फुटबलअतर्गत सोमबार दशरथ रंगशालामा च्यासल युवा क्लब र संकटा क्लबबीचको खेलमा बल अगाडि बढाउँदै संकटा क्लबका खेलाडी ।
सहिद स्मारक ए डिभिजन लिग फुटबलअतर्गत सोमबार दशरथ रंगशालामा च्यासल युवा क्लब र संकटा क्लबबीचको खेलमा बल नियन्त्रण गर्दै च्यासल युवा क्लबका खेलाडी ।
सहिद स्मारक ए डिभिजन लिग फुटबलअतर्गत सोमबार दशरथ रंगशालामा च्यासल युवा क्लब र संकटा क्लबबीचको खेलमा गोल गरेपछि च्यासल युवा क्लबका खेलाडी ।
सहिद स्मारक ए डिभिजन लिग फुटबलअतर्गत सोमबार दशरथ रंगशालामा च्यासल युवा क्लब र संकटा क्लबबीचको खेलमा बल नियन्त्रण गर्दै च्यासल युवा क्लबका गोलरक्षक ।
सहिद स्मारक ए डिभिजन लिग फुटबलअतर्गत सोमबार दशरथ रंगशालामा च्यासल युवा क्लब र संकटा क्लबबीचको खेलमा बल अगाडि बढाउँदै संकटा क्लबका खेलाडी ।

WRITE COMMENTS FOR THIS ARTICLE