छठ पर्वमा देशभर देखिएको रौनक (फोटो फिचर)

सद्भाव, प्रेम तथा आस्थाको पर्व छठको मुख्य दिन षष्ठीमा आज साँझ व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्र दिएका छन् । हिन्दू धर्म संस्कृतिअनुसार अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाइने छठपर्वका अवसरमा आज राजधानीसहित तराईका सम्पूर्ण जिल्लाको अधिकांश पोखरी, तलाउ, खोला, नदीको पानीमा पसेर व्रतालुहरुले अस्ताउँदो सूर्यको आराधना गरी अर्घ्र दिएका हुन् ।

दमौली, सूर्यको आराधाना गरी मनाइने छठ पर्वको अवसरमा शनिबार दमौलीस्थित मादी नदी किनारमा पूजाअर्चना गर्दै भक्तालु । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरुप पारस्परिक आत्मीयता र सदभावको प्रतीकको रुपमा यो पर्व मनाइन्छ ।
धनगढी, छठ पर्व मनाइने स्थल धनगढीको मोहना नदी किनारमा शनिबार बिहान ‘श्री स्वत्ता’ अर्थात छठी माताको प्रतिमा तयार पार्दै भक्तजन ।
जनकपुरको गंगासागर, धनुषसागर, अंगराज सरलगायतका पोखरीमा आज बेलुका सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वका लागि सामग्री तयार गर्दै भक्तजन ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली शनिबार छठ पर्वका सन्दर्भमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिन घस्रर्दै सिंघिया घाटतर्फ जाँदै ।
बाराको कलैया नगरपापालिका –१ राममन्दिर परिसरमा शनिबार छठ पर्वका अवसरमा पूजा गर्दै स्थानीयवासी ।
वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा शनिबार अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै व्रतालु ।
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुहुँदै ।
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा छठी माताको आराधना गर्नुहुँदै ।
छठ पर्व २०७६ को अवसरमा कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजा गर्दै सर्वसाधारण महिलाहरु ।
छठ पर्वको अवसरमा पश्चिम नवलपरासीको परासीस्थित झरही नदी किनारमा शनिबार छठ माताको पूजा गर्दै श्रद्धालुहरु ।
छठ पर्वको अवसरमा शनिबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिंदै महिलाहरु । तराइबासीले विशेष रुपमा मनाउने छठ पर्व कञ्चनपुरमा पनि केही समययता मनाइँदै आएको छ ।
चार दिवसीय छठ पर्वको शनिबार मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिंदै धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित औरही खोलाको छठ घाटमा ब्रतालु महिलाहरु ।
उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नदी किनारमा शनिबार सँझ अस्ताउँदो सूर्यलाई विभिन्न प्रसाद तथा जल चढाउँदै छठपूजाका ब्रतालु तथा भक्तजनहरुको दृश्यहरु ।
विराटनगर महानगरपालिका–११ स्थित पिछरामा रहेको नहरमा छठ पर्वमा तयार गरिएको घाट र अस्ताउँदो सूर्यलाई पूजा गर्दै महिला ब्रतालु ।
गुहेश्वरीमा छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै भक्तजन ।
राजविराजस्थित पोखरी घाटमा भगवान सूर्य र छठी मातालाई अर्घ दिएर पूजा गर्दै ब्रतालुहरु ।

WRITE COMMENTS FOR THIS ARTICLE