जब एमबाप्पेले आफ्नो आइडल रोनाल्डोलाई भेटे…

फ्रान्सले नेशन्स लिग अन्तर्गत आइतबार राति भएको खेलमा पोर्चुगलमाथि जित निकाल्न सकेन । तर सो खेल फ्रान्सका स्टार खेलाडी केलियन एमबाप्पेका लागि भने विशेष रह्यो । विशेष यो अर्थमा कि उनले आफ्ना आइडलसँग खेल्न पाए र केही राम्रो समय बिताउन पनि । पोर्चुगलका कप्तान तथा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले खेलमा गोल गर्न सकेनन् । उनले पनि आफ्ना विशेष प्रशंसक एवम् राम्रो खेलाडीसँग राम्रो समय बिताए ।

एमबाप्पे रोनाल्डोका प्रशंसक हुन् । रोनाल्डोलाई उनी आफ्ना आइडल मान्छन् । खेलको मध्यान्तरमा एमबाप्पे र रोनाल्डोले विशेष कुराकानी गरेको देखियो । उनीहरुले अंकमाल पनि गरेका छन् । खेलपछि रोनाल्डोसँगको तस्बिर ट्वीट गरेर एमबाप्पेले ‘आइडल’ लेखेका छन् । उनले आइडलसँग दुई इमोजी (क्राउन र गोट) पनि राखेका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE