जर्मन कप: डर्टमुन्डको सानदार सुरुवात…

बोरुसिया डर्टमुन्डले जर्मन कपमा सानदार सुरुवात गरेको छ। गएराति भएको खेलमा डर्टमुन्डले डुइसबर्गलाइ ५–० को फराकिलो अन्तरले हराउँदै सिजनको उत्कृष्ट सुरुवात गरेको हो। खेलको १५औं मिनेटमा जेडन सान्चोको गोलमा डर्टमुन्डले अग्रता लिएको थियो। ३०औं मिनेटमा जुड बेलिन्घमले गोल गर्दै डर्टमुन्डमा नयाँ इतिहास रचे।

यसै सिजन दोस्रो श्रेणीको इंग्लिस क्लब बर्मींघमबाट जर्मनी पुगेका उनले क्लबका सबैभन्दा कान्छा गोलकर्ताको कीर्तिमान समेत बनाए। ३८औं मिनेटमा थोर्गन हाजार्डले गोलमा टोलीले ३–० को अग्रता दिलाएका थिए। पहिलो हाफमा ३–० को अग्रता बनाएको डर्टमुन्डले दोस्रो हाफमा थप २ गोल गर्यो।

WRITE COMMENTS FOR THIS ARTICLE