जाडोमा न्यानो कपडा वितरण

नुवाकोट । रिवाज फाउन्डेसन को तर्फवाट फाउन्डेसन कि अध्यक्ष एवं मिसेज हेरिटेज दुर्गा विसुरालले नुवाकोट जिल्लाको चुतुराले मा अवस्थित व्रम्मायणि आधारभुत विध्यालय मा अध्ययनरत ११० जना विध्यार्थिहरुलाई न्यानो कपडा वितरण गरेकी छिन् ।

मुलत सामाजिक क्षेत्रमा किर्यासिल रहने उदेश्य सहित यो संस्था हालै गठन भयको हो । कपडा वितरण कार्यक्रम लाइ सम्वोधन गर्दै, यो संस्था कुनै विदेशी दाताहरुको सहयोगमा संचालन नभयको र आगामी दिनमा विदेशी सहयोग  नलिने बताउँदै कक्षा ८ मा अध्ययनरत एक वालकको नाममा आफूले यो संस्था स्थापना गरेको र उक्त वालकको खाजा खर्च,जन्मदिन विषेशमा गरिने खर्च तथा अन्य फजुल खर्च कटाइ यस्ता कार्यक्रम गरिने र यहि सवालमा यो न्यानो कपडा वितरण गरियको वताइन् ।

यस्तो सामाजिक कार्यमा आफ्नो संस्थाले सहयोग गर्न पाउदा आफू अत्यन्तै खुसि भयको वताउँदै अब आउँदा दिनहरुमा पनि यसरी नै यो संस्था अगाडि वढ्ने वताइन् । यो अवसर जुटाइदिनु भएकोमा विध्यालय का प्रधानध्यापक, विध्यालय परिवार तथा सहजकर्ता राप्रपा(संयुक्त)का प्रवक्ता जनकराज पाठकलाई उनले धन्यवाद व्यक्त गरिन् ।

कला, संस्कृतिको माध्यमबाट आफू नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मन्चसम्म पुगेको देशको नाम, अन्तर्राष्ट्रिय क्षेत्रमा राख्न आफू सफल भए पनि नेपाल भित्र नै यस्ता धेरै सामाजिक कार्य गर्नु आफ्नो कर्तव्य र दायित्व रहेको महसुस भई  यो क्षेत्रमा सधै क्रियासिल रहेने र देशका कुनाकन्दरा सम्म आफ्नो कार्य वढाउने उनले वताइन् । कार्यक्रममा संस्था का सदस्य रजेश विसुराल,संस्थाकै सदस्य एवं राप्रपा(संयुक्त)का प्रवक्ता जनकराज पाठक तथा सदस्य रिवाज विसुराल स्वयमको उपस्थित रहेको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रवक्ता पाठकले राजनीतिक क्षेत्र ले भन्दा सामाजिक क्षेत्र ले जनतामा राहत पुराउन सकिने अवस्था रहेको र वर्तमानमा सरकारले नै सरकारी विध्यालयलाई उपेक्षा गरेक‍ो कारण सरकारीले निजि विध्यालयसँग प्रतिस्पर्धा गर्न कठिन रहेको वर्तमान अवस्थामा यस विध्यालयमा अध्ययनरत विध्यार्थिहरुलाई न्यानो कपडा वितरण क‍ो लागि आफुले सहयोगी को भुमिका निर्वाह गर्न पाउँदा आन्‍नद  महसुस गरेको वताय । विध्यालयको तर्फबाट प्रधानाध्यापक नवराज पाठकले उक्त संस्थालाई बधाई तथा धन्यवाद ज्ञापन गर्दै प्रामणपत्र समेत उपलब्ध गराय ।

WRITE COMMENTS FOR THIS ARTICLE