गजल: जित्छु भन्दा कछुवाको चाल भयो जीवन…

जित्छु भन्दा कछुवाको चाल भयो जीवन
संघर्ष गर्दा गर्दै आज काल भयो जीवन

कहिल्यै पनि नपुग्ने मान्छेको सपनाले
विना अर्थ सताएर वेहाल भयो जीवन

एकाग्रही रुपले जीवन काट्न सकिएन
छल्किएको समुन्द्रको छाल भयो जीवन

भन्निन्छ जिन्दगी त सङ्गीतमय होस्
विनाधुन मादलको ताल भयो जीवन

रमेश सापकोटा

WRITE COMMENTS FOR THIS ARTICLE