जिदान भन्छन् बेलसँग मेरो कहिल्यै समस्या थिएन…

स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनादिन जिदानले क्लबका खेलाडी ग्याराथ बेलसँग आफ्नो कुनै पनि समस्या नभएको बताएका छन् । विगत एक सिजन देखि रियलका लागि खेल खेल्न नपाएका बेल भर्खरै मात्र प्रिमियर लिग क्लब टोटेनहममा गएका थिए ।

जिदानका कारण नै बेल प्रिमियर लिग क्लबमा जान पुगेको भन्दै उनको आलोचना भएको थियो । त्यसपछि जिदानले प्रतिकृया दिँदै आफ्नो र बेलकोबीचमा कुनै समस्या नभएको बताएका थिए । बेल रियलका लागि लामो समयसम्म उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडी हुन् ।

पछिल्लो एक सिजन बेलले रियलका लागि प्राय सबै खेल बेञ्‍चमा बसेर बिताउनु पर्‍यो । जसको मुख्य कारण क्लब मुख्य प्रशिक्षक जिना भएको भन्दै समर्थकहरुले आलोचना गरेका थिए । बीबीसीले बेल प्रिमियर लिग जानुको कारण प्रशिक्ष नै भएको प्रश्न गर्दा जिदानले आफ्नो कारणले बेल टोटेनहम गएको भन्न नमिल्ने बताए ।

“बेल रियलका लागि उत्कृष्ट खेलाडी थिए । उनीसँग मेरो कुनै समस्या छैन् । बेलले पछिल्लो समय खेलहरुमा स्थान बनाउनु त्यो बेग्लै कारण हुनसक्छ । मेरो कारणले नै बेल टोटेनहममा गएको भन्न मिल्दैन,” जिदानले बीबीसीसँगको कुराकानीमा भने । बीबीसी

WRITE COMMENTS FOR THIS ARTICLE