जिल्ला समन्वय समितिको सहजिकरण, पहिलोपटक बार्षिक समीक्षा कार्यक्रम गरियो

हरिकृष्ण ऐडि , मुगु । जिल्लामा पहिलोपटक सरकारी कार्यालय , स्थानीय निकाय र गैरसरकारी कार्यलयहरु ले संन्चालन गरेका बार्षिक कार्यक्रम र रणनीति बारेमा जिल्ला समन्वय समितिको सहजिकरणमा बार्षिक समिक्षा कार्यक्रम सम्पन्‍न गरिएको छ ।

जिल्ला समन्वय समितिको सहजिकरण कार्यक्रमका प्रमुख अथिती संघिय माननीय मुगु जिल्लाका गोपाल बहादुर बमले दिप प्रजोलन गरे र बिशिस्ट अथिति पुर्व शिक्षा राज्य मन्त्री हस्त बहादुर मल्लले ब्यानर पढि कार्यक्रम उदघाट्न गरि कार्यक्रम संन्चालनमा अधि बढेको थियो । मुगु जिल्लामा चार गाउँ पालिका लगायत जिल्लामा सेवा रहित सरकारी र गैरसरकारी कार्यालयहरुले संन्चालन गरेका कामको बिवरण लगायत आ.व ०७६/७७ को आय व्याय बिवरण र कार्यलयको आगामि रणनीति बारे पालिकाका प्रमूख प्रशासन अधिकृतबाट प्रस्तुत भएको थियो ।

बार्षिक समिक्षा कार्यक्रममा सवाल जवाफ दिने क्रममा छायानाथ रारा नगर पालिका वडा नं ४ का वडा अध्यक्ष बिष्णु कुमार भामले जिकिर गर्दै आम भेलामा उनले भने अनुसार मुगु का चार वटा पालिका मा जन प्रतिनिधित्यो गरेको लामो समय बितिसक्दा पनि आफ्ना समुदाय हरुलाई सुचना प्रवाह नगरिदा आम जन्ता हरु सुचना वाट बन्चित भयका छन यो जिम्मेवार कस्ले लिने ?  केवल सदरमुकाममा माात्र बार्षिक समिक्षा नगरौ भनि सुक्षाब दिए र मैले बर्सको दुईपटक मेरो वडा कार्यलय मा आफ्नै लगानीमा सार्वजनिक सुनवाइ गर्दै आएको भनि सबैलाई बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE