जीवन बीमा कम्पनीलाई कोरोना भाइरस बीमा नगर्न निर्देशन

जीवन बीमा कम्पनी तथा अन्य संस्थाहरुलाई कोरोना बीमा नगर्न बीमा समितिले निर्देशन दिएको छ ।

जीवन बीमा तथा केही संस्थाहरुले निःशुल्क कोरोना बीमा गर्न लागेको भन्ने गुसानो आएपछि समितिले जीवन बीमा कम्पनीहरुका नाममा सूचना जारी गर्दै कोरोना बीमा नगराउन निर्देशन दिएको हो ।

निर्जीवन बीमा कम्पनीहरुसँगै जीवन बीमा कम्पनीहरुले पनि कोरोना बीमा गर्न सुरु गरेको भन्दै समितिले त्यसो नगर्न जीवन बीमा कम्पनीलाई निर्देशन् दिएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण सुरु भएसँगै समितिले नीर्जिवन बीमा कम्पनीहरुलाई कोरोना भाइरस बीमा गर्ने गरी बीमालेख जारी गर्न निर्देशन दिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE