दुई करोड ६७ लाख नगदसहित २५ जुवाडे समातिए

काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति रु दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलोमात्रामा हारजीत हुने गरी जुवा खेलिरहेको अवस्थामा कौडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेका छन् । यसैगरी हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन् । पक्राउ परेका व्यक्तिलाई जुवा ऐन अन्तर्गत मुद्दा चलाइने प्रमुख एसएसपी सुवेदीले बताए ।

– काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–३ बस्ने विक्रम गौतम । (मिनि क्यासिनो सञ्चालक घरधनी)
– जिल्ला दोलखा भिमेश्वर नगरपालिका–५ बस्ने रामकृष्ण केसी ।
– दोलखा जिल्ला भिमेश्वर नगरपालिका–५ बस्ने ईन्द्र श्रेष्ठ ।
– काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–१५ स्यम्भु बस्ने रञ्जन राजबंशी ।
– काठमाडौं महानगरपालिका–३५ बस्ने श्यामप्रसाद पराजुली ।

– काठमाण्डौ महानगरपालिका–२६ बस्ने अशोक श्रेष्ठ ।
– काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका–११ बस्ने सिताराम खड्का ।
– जिल्ला काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–११ बस्ने रोशन तामाङ्ग ।
– काठमाडौं महानगरपालिका–२९ बस्ने राम तामाङ्ग ।
– काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिका–६ बस्ने कृष्ण भण्डारी ।

– काठमाडौं महानगरपालिका–६ बस्ने सुमन अग्रवाल ।
– ओखलढुंगाको पाप्ले–३ घर भई बस्ने सुमन गुरुङ्ग ।
– जिल्ला रौतहट चन्द्रनिगापुर नगरपालिका–३ घर भई बस्ने सोवित शिलवाल ।
– जिल्ला ललितपुर पुल्चोक नगरपालिका–२० बस्ने सोहेल कार्की ।
– काठमाडौं महानगरपालिका–९ बस्ने पवन अग्रवाल ।

– रामेछापको बागमती भण्डारी नगरपालिका–३ बस्ने पवित्रकुमार कार्की ।
– काभ्रेपलाञ्चोकको बाल्टिङ गाउँपालिका–४ बस्ने बलराम सापकोटा ।
– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ बस्ने धावा लामा ।
– काठमाडौं महानगरपालिका–१५ बस्ने मुक्ती लामा ।

– जिल्ला बारा निजगढ नगरपालिका–९ बस्ने शम्भु बुढाथोकी ।
– ललितपुरको ठेचो नगरपालिका–९ गोदावरी बस्ने प्रेम थापा मगर ।
– काठमाडौं महानगरपालिका–२ भाङ्गी बस्ने बुद्ध लामा ।

– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ बस्ने शम्भु शेर्पा ।
– काभ्रेपलाञ्चोकको तिमाङ गाउँपालिका–६ बस्ने नवाङ्ग लामा ।
– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ का प्रदीप बोगटी ।

WRITE COMMENTS FOR THIS ARTICLE