ज्लाटन ३ साता मैदान बाहिर…

इटालियन क्लब एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोविच तीन साता मैदान बाहिर रहने भएका छन् । एसी मिलानले उनी देब्रे खुट्टाको ‘थाइ इन्जुरी’को कारण तीन साता मैदान बाहिर रहने जनाएको छ । यस सिजन उत्कृष्ट फममा रहेका उनी क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई सिरी ‘ए’ फुटबलको उपाधि जिताउने योजनामा छन् । चोटका कारण इब्राहिमोविचले युरोपा लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको खेल गुमाउने भएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE