टिकटकका सीईओ केभिन मेयरद्वारा राजीनामा

टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केभिन मेयरले राजीनामा दिएका छन्। नियुक्त भएको तीन महीनामै मेयरले बिहीबार राजीनामा दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिकटक लगायत चिनियाँ एपहरुमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि केभिनले राजीनामा दिएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

मेयरले राजीनामा दिएपछि टिकटककै महाप्रबन्धक भानेसा पापासले अन्तरिम सीईओको जिम्मेवारी सम्हालेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले टिकटक लगायत चिनियाँ एपले राष्ट्रिय सुरक्षामा चुनौती थपेको भन्दै सो एपलाई प्रतिवन्ध लगाएका थिए। ट्रम्पले केहीअघि मात्रै बाइटडान्सले कुनै अमेरिकी कम्पनीलाई आफ्नो स्वामित्व नबेचेसम्म अमेरिकामा टिकटक माथि प्रतिबन्ध लगाउन आदेशसमेत दिएका थिए।

अमेरिकामा बाइटडान्सले सन् २०१७ मा टिकटक एप ‘लन्च’ गरेको थियो। त्यसपछि उसले ‘म्युजिकल्ली’ नामक भिडियो एप किनेको थियो, जो अमेरिका र यूरोपमा निकै लोकप्रिय भएको थियो।

अहिले विश्वभर टिकटकका प्रयोगकर्ता ५० करोड नाघेका छन्। अमेरिकामा मात्रै करिब ८ करोड प्रयोगकर्ता छन्। नेपालमा पनि बन्दाबन्दीपछि टिकटकको प्रयोगकर्ता बढेका छन्। नेपाली युवामाझ पछिल्लो समय टिकटक लोकप्रिय बन्दै गएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE