टोटनह्याममा फर्किने तयारीमा ग्यारेथ बेल…

रियल म्याड्रिडका स्ट्राइकर ग्यारेथ बेलले क्लब छोड्ने तयारी गरेका छन् । रियलले पछिल्ला केहि सिजनमा लागातार टिम बाहिर राखेपछि असन्तुष्ट रहेका बेलले यस सिजनमा क्लब छोड्ने तयारी गरेका हुन् । बेलले प्रिमियर लिगमा फर्किने तयारी गरेको मिडिया रिपोर्टमा जनाइएको छ ।

बेलले आफ्नो पूर्व क्लब टोटनह्याम नै फर्किन चाहेको बताइएको छ । अहिले रियल र टोटनह्यामबीच कुराकानी भइरहेको बताइएको छ । त्यस्तै बेललाई म्यानचेस्टर युनाइटेडले समेत चासो देखाएको बताइएको छ । बेलका एजेन्ट बारनेटले बिबिसीसँग कुरागर्दै बेल टोटनह्यामनै फर्किन चाहेको बताएका चाहन । उनले टोटनह्याम र रियल दुवैसँग यस विषयमा कुराकानी भइरहेको बताएका छन् ।

बेलको ट्रान्सफरका लागि सबै भन्दा ठुलो समस्या रियलसँग रहेको सम्झौता रहेको छ । रियल म्याड्रिडसँग दुई बर्षको अझै सम्झौता बाँकी रहेको अवस्थामा बेलले रियल छोडेमा रियलले बेलको बाँकी दुई बर्षको पारिश्रमिक समेत दिनुपर्ने रहेको छ । यस अवस्थामा बेलले रियलसँग छलफलपछि सो अवधिको आधा पारिश्रमिक दिनेमा रियल तयार भएको बताइएको छ । यसपछि बेलको रियल बहिर्गमन सहज भएको बताइएको छ । रियलमा बेलले प्रतिसाता करिब साढे ६ लाख डलर पारिश्रमिक पाउछन् ।

रियलले आफुलाई क्लब छोड्न नदिएको आरोप लगाउदै बेलले केहि समय देखि असन्तुष्टि व्यक्त गर्दै आएका थिए । उनले आफुलाई खेल्न पनि नदिएको र छोड्न पनि नदिएको बताउदै आएका छन् । टोटनह्यामले बेललाई भित्र्याउन डेले अली रियललाई दिने तयारी गरेको समेत रिपोर्ट आएको छ । २०१३ मा टोटनह्यामबाट रियल गएका बेलले रियलमा अहिलेसम्म २५१ खेल खेलेका छन् भने १०५ गोल गरेका छन् । बेलले रियलबाट दुई ला लिगा उपाधिसहित चार च्याम्पियन्स लिग जितेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE