टोटेनहमविरुद्ध हामेस रोड्रिगेजले डेब्यू गर्ने सम्भावना…

जेम्स रोड्रिगेज सन् २०१४ को जुलाईमा स्पेनिस क्लब रियल मड्रिड जाँदा विश्व फुटबलमा केन्द्रमा देखिइरहेका थिए। विश्वकपमा भर्खरै गोल्डेन बुट जितेका रोड्रिगेजले रियल मड्रिडमा जे सोचेका थिए, त्यो पूरा हुन भने सकेन। पछिल्लो समय उनी प्लेइङ सेटमा पर्न नै संघर्ष गरिरहे।

२९ वर्षका कोलम्बियन अट्याकिङ मिडफिल्डर रोड्रिगेज अहिले प्रिमियर लिग क्लब इभर्टनमा नयाँ अध्याय सुरु गर्दैछन्। यो सिजन प्रिमियर लिगको पहिलो खेलमा इभर्टनले आइतबार राति सवा ९ बजे टोटनह्यामसँग खेल्दैछ। जसमा रोड्रिगेजको भूमिका कस्तो रहला भन्ने पर्खाइ छ।

‘हामेसले यो साता पुरा अभ्यासमा भाग लिएका छन् । उनी फिट छन् । अब सुरुवाती रोजाईमा खेल्छन् वा बेन्चबाट आउँछन् भन्ने यकिन गरेको छैन । उनी खेल्न भने तयार छन्’, शनिबार एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोटीले भनेका थिए । हामेससँगै यो सिजन आलान र अब्डुलाय डुकुरे एभर्टनमा आबद्ध भएका थिए ।

‘तीनै जनाले पुरा साताभर अभ्यास गरेका छन् । उनीहरु खेल्नका लागि उपलब्ध छन्,’ क्बलमा आबद्ध ३ खेलाडीका बारेमा भने, ‘आलान र डुकुरे दुवै नियमित रुपमा क्लबसँग प्रशिक्षणमा थिए । दुवै पूर्ण रुपमा फिट छन् । शारीरिक रुपमा दुवै राम्रो स्तरमा देखिएका छन् । ‘

 

WRITE COMMENTS FOR THIS ARTICLE