ठगीको आरोपीलाई १४ सय ४६ वर्षको जेल सजाय!

थाइल्याण्डमा समुद्री खानाको रेस्टुरेन्ट संचालन गर्ने दुई व्यक्तिलाई ठगीको आरोपमा १४ सय ४६ वर्षको जेल सजाय सुनाइएको छ। गत वर्ष ती रेस्टुरेन्ट संचालकले समुद्री खाना प्राप्त गर्नका लागि अग्रिम भुक्तानी गर्नुपर्ने योजना ल्याएका थिए।

२० हजार जनाले खानाका लागि अग्रिम पैसा तिरेका थिए। बीबीसीका अनुसार १६ लाख अमेरिकी डलर ती दुई व्यक्तिले उठाएका थिए।

तर माग पूर्ति गर्न नसक्ने भन्दै दुई रेस्टुरेन्टहरु बन्द भएको थियो। सयौं मानिसले आफूहरु ठगिएको भन्दै प्रहरीमा खबर गरेपछि रेस्टुरेन्ट संचालक अपिचार्ट बोवोर्नबानचारक र प्रापासोर्न बोवर्नबान्चा पक्राउ परेका थिए।

थाइल्याण्डमा ठगीको मुद्दा लागेकालाई २० वर्षको जेल सजाय तोकिन्छ। तर अत्यधिक मुद्दा परेपछि अदालतले दुवैलाई १४ सय ४६ वर्षको जेल सजाय तोकेको बीबीसीले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE