डच क्लब आयाक्सका ११ खेलाडीमा कोरोना संक्रमण…

च्याम्पियन्स लिग फुटबलको तयारीमा रहेको डच क्लब आयाक्सका ११ खेलाडीमा एकैपटक कोरोना संक्रमणको पुष्टि भएको छ । सोमबार ११ खेलाडीलाई एकैपटक कोरोना संक्रमण भएको क्लब जनाएको छ । च्याम्पियन्स लिगअन्तर्गत समूह डीमा रहेको आयाक्सले आज  समूहको तेस्रो खेल डेनमार्कको मिड्जील्यान्ड क्लबसँग खेल्दै छ । खेल मिड्जील्यान्डको घरेलु मैदान नेपाली समयअनुसार राति १:४५ बजे सुरु हुनेछ ।

च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको खेल अघि भएको परीक्षणका क्रममा क्लबका ११ खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा केही महत्त्वपूर्ण खेलाडीसमेत रहेको क्लबले जनाएको छ । टोलीको केही महत्त्वपूर्ण खेलाडीसहित ११ खेलाडी कोरोना संक्रमण भएपछि आयाक्सले आज राति हुने मिड्जील्यान्डविरुद्धको खेलका लागि १७ खेलाडीलाई टोलीमा समावेश गरेको छ ।

च्याम्पियन्स लिगको समूह ‘डी’ मा रहेको आयाक्सले दुई खेलमा एक अंक मात्र जोड्न सकेको छ । आयाक्ले एक खेल हार्दा एक खेल भने बराबरीमा रोकिएको थियो । त्यस्तै मिड्जील्यान्डले चने सुरुवाती दुवै खेल गुमाएको छ । दुवै टोली च्याम्पियन्स लिगको समूह चरणमा पहिलो जितको खोजीमा छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE