डर्टमुन्डको शानदार जितमा, हाल्यान्डको दुई गोल…

जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमुन्डले फ्राइबर्गमाथि  हात पारेको छ। शनिबार भएको खेलमा डर्टमुन्डले ४-० गोलको जित हात पारेको हो। खेलमा ११ हजार ५ सय दर्शकलाई रंगशालामा प्रवेश दिइएको थियो। डर्टमुन्डका लागि इर्लिङ हाल्यान्डले दुई गोल गरे। उनले खेलको ३१ मिनेटमा टिमका लागि पहिलो गोल गरेका थिए। उनले जियोभानी रेनको कर्नर बलमा गोल गरेका थिए।

इम्री क्यानले डर्टमुन्डको अग्रता दोब्बर पारे। उनलाई पनि रेनाले गोल गर्न पास उपलब्ध गराए। हाल्यान्डले खेलको ६६ मिनेटमा टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे। यसपटक पनि रेनाले पास उपलब्ध गराएका थिए।

दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा डर्टमुन्डले चौथो गोल गर्‍यो। डर्टमुन्डका लागि पासलकले गोल गरेका थिए। उनलाई गोल गर्न हाल्यान्डले पास दिए। जितसँगै डर्टमुन्ड तीन खेलबाट ६ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। शनिबार साल्केमाथि ४-० को जित हात पारेको लाइपजिग तीन खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE